News & Events

Ghalemdi Khola Hydropower Project Project get licence for upgradation to 5 MW.more...
म्याग्दी, १२ मंसिर । म्याग्दी जिल्लाको उत्तरी नारच्याङ गाविसमा निर्माण हुन लागेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणको कामलाई तिब्र बनाएको छ । Ghalamdi hidro progress (16) घलेम्दी हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको सुरुङ मार्ग निर्माणको लागि इन्टेक र फोरवे साइटमा तिब्र रुपमा काम अगाडी बढाईएको आयोजनाका कम्पनी Ghalamdi hidro progress (2)सचिब बिमल रिजालले जानकारी दिनुभयो । Ghalamdi hidro progress (8) उहाँका अनुसार, घलेम्दीखोलाबाट नीलगिरी खोलाको किनारमा निर्माण हुने पाउर हाउसमा पानी खसाल्नका लागि निर्माण गर्नुपर्ने १७ सय मिटर लामो सुरुङ मार्गको काम अन्र्तगत अहिलेसम्म १ हजार ५० मिटर सुरुङ निर्माण भइसकेको छ । आगामी चैत सम्ममा सुरुङ निर्माण गरिसक्ने लक्ष्य अनुसार काम भइरहेको आयोजनाका इन्जीनियर पुष्कर श्रेष्ठले जानकारी दिनुभयो । Ghalamdi hidro progress (6) सुरुङ निर्माणको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाको पूर्वाधार निर्माण अन्र्तगत बाँधदेखि सुरुङमार्ग सम्म पानी ल्याउनको लागि डिसेन्डर निर्माण र फोरवे देखि पाउर हाउसम्मको पेनस्टक निर्माण, ड्याम साइटमा बाँध र बिद्युतगृह लगायतका पूर्वाधार निर्माणको काम समेत भइरहेको साइट इन्चार्ज अनन्तराज पोखरेलले बताउनुभयो । Ghalamdi hidro progress (1) आयोजनाको स्थलगत निरिक्षणमा पुगेका संस्थापक लगानीकर्ता राजेश शाक्यले आयोजनाको पूर्वाधार निर्माणको कामले गति लिएको पाइएको बताउनुभयो । समग्रमा झण्डै ४५ प्रतिशत पूर्वाधार निर्माणको काम सकिएकाले आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न हुने अपेक्षा गरिएको उहाँको भनाई छ । Ghalamdi hidro progress (16) अहिले आयोजनाको पूर्वाधार निर्माणमा करिब दुई सय जना परिचालन भएका छन् । यस आयोजनाको बाँध अन्नपूर्ण हिमालको फेदीमा रहेको छ । स्थानीय व्यवसायिहरुकै सक्रियतामा निर्माण सुरु गरिएको यस आयोजनाको लागत ८५ करोड रहेको छ । Ghalamdi hidro progress (10) आयोजनमा रु ३० करोड संस्थापक शेयर संकलन भएको र बाँकी रु ५५ करोड रुपैयाँ भिबोर सोसाइटी विकास बैँक, सिद्धार्थ विकास बँैक , सिदार्थ रिटायरमेण्ट फण्ड र टुरीजम डेभलपमेण्ड बैँकले लगानी गर्नेछन् । यस आयोजनाबाट आगामी १८ महिनाभित्रमा विद्यूत उत्पादन हुने आयोजनाले जनाएको छ । Ghalamdi hidro progress (20) नेपाल विद्युत प्राधिकरणले नारच्याङमा निर्माण गर्न लागेको सब स्टेशनको पूर्वाधार तयार नहुँदा सम्म यस आयोजनाबाट उत्पादीत विद्यूत नारच्याङकै घरापमा रहेको सब स्टेशन मार्फत केन्द्रिय प्रशारण लाईनमा जडान गर्ने स्विकृति समेत लिईसकेको घलेम्दी हाइड्रो लिमिडेडका कम्पनी सचिब रिजालले जानकारी दिनुभयो more...
घलेम्दी खोला आयोजनाको ६० प्रतिशत सुरुङ बन्योmore...

GHALEMDI HYDRO LIMITED
Corporate Office:
Udhyog Banijya Sangh Bulding
Arthunge- 1 Myagdi Beni Nepal
Tel +977 069 521078, 521079
Cell: 9851077579, 9851147724
Branch Office
Banasthali Kathmandu
Tel +977 014362520
ghalemdi@gmail.com
relinarenergy@gmail.com