६३ मेगावाटको छुजुङ्ग खोलाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्ने
वासभाको भोटेखोला गाउँपालिकामा पहिचान भएको ६३ मेगावाटको छुजुङ्ग खोला आंशिक जलाशय जलविद्युत आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्ट इन्जिनियरिङ कम्पनीले गर्ने भएको छ । सांग्रिला ऊर्जा प्रालिले निर्माण गर्न लागेको आयोजनाको विस्तृत अध्ययन हाइड्रो कन्सल्टले गर्न लागेको हो । आयोजनाको विस्तृत अध्ययन गर्न बिहीबार (बैशाख २१ गते) प्रवर्द्धक कम्पनी र हाइड्रो कन्सल्टबीच सम्झौता भएको छ ।